Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


१० देशका राजदूत पोखरामा


0
Shares

पोखरा, असोज १० । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् ।

पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ सदस्यीय टोली एकै साथ ओर्लिएको हो ।

उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा आएका राजदूतहरुमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत रहेका छन् । तीमध्ये जर्मनी, श्रीलंका, दक्षिण कोरिया, मलेसियाबाट धेरै पर्यटक पोखरा घुम्न आउने गर्दछन् ।