५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


जर्मनीमा आज आमचुनाव, मर्केलको १६ वर्षे शासन अन्त्य हुँदै


0
Shares

एजेन्सी । जर्मनीमा आज संघीय संसदका लागि मतदान हुँदैछ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुने भएकाले यो निर्वाचनलाई अलि बढी महत्वकासाथ हेरिएको छ ।

मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । ६ करोड मतदाता रहेको चुनावम अघिका मत सर्वेक्षणहरुले पनि स्पष्ट तस्बीर देखाउन सकेका छैनन् ।

६८ बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छन् । नयाँ चान्सलरका लागि तीन जनाको नाम चर्चामा छ । सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिण्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर अहिले चर्चामा छन् ।

उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र संसदको तल्लो सदन बुन्डेस्ट्यागमा कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् ।

कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।