६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


चीनले देश बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने


0
Shares

एजेन्सी । चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ ।

चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको हो ।चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरुमा सहयोग गर्दै आएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत चीनले ठूलो लगानी गरिरहेको छ ।

तर पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना हुने गरेको छ ।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रसंघ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै विकासशील देशहरुलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने बताउनुभयो । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना नबन्ने उहाँको भनाइ छ ।