डम्बर बुढा मगर
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् ।
गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूर्ण रुपमा डुबाएको हो । घर डुबानमा परे पनि मानविय क्षती भने भएको छैन । परिवारका सबै सदस्यलाई सुरक्षीत स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्