बझाङमा कान र नाकमा लगाएको मुन्द्राको लोभमा हजुरआमाको हत्या « Image Khabar


बझाङमा कान र नाकमा लगाएको मुन्द्राको लोभमा हजुरआमाको हत्या


Border circle
Imagekhabar

डीबी विष्ट

बझाङ । बझाङमा हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

हजुर आमाको हत्या गरेको आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८/९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा रिखी देवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।उहाँले भन्नुभयाे ‘सुनको लोभले हजुर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।

घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरी बेलुकी ६/७ बजेको समयमा घटना स्थलमा पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघि पट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भै रहेको समेत डिएसपी खड्काले बताउनुभयो । ’

यस्तो छ घटनाको विवरण
२७ गते घटना भएको भएपनि प्रहरीलाई भने खबर ३० गते मात्रै भएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका राम बहादुर जप्रेलले आमा २७ गते देखी घरमा नदेखेपछि खोजी गर्नुभयो तर कतैपनि पत्तो पाईएन ।

कतैपनि पत्तो नपाएपछि उहाँले प्रहरीलाई खबर गर्नुभएको थियो । घर भित्र हेर्दा रगतका छिटा समेत देखेपछि उहाँले प्रहरीलाई खबर गर्नुभएको प्रहरीले जनाएको छ । त्यति बेला सम्म हत्याका आरोपित सुवास परिवारकै सम्पर्कमा थिए ।

सुवास २८ गते सदरमुकाम चैनपुर सम्म पुगेर केही कपडा खरिद गरी कपालमा समेत रातो मेहन्दी समेत लगाए । सुवास २८ गते चैनपुरमै बसेर २९ गते गाँउ तिर लागेको र उनी २९ गते हजुर आमा र आफु बस्ने घरमा नगएर अरुकै घरमा बसेका थिए ।

३० गते बेलुका गाँउमा गाँई गुई हल्ला चलेपछि वडा अध्यक्ष समेत रहेका जप्रेलले प्रहरीलाई खबर गर्नुभएको थियो । खबर पाउने वित्तिकै जिल्लाबाट समेत प्रहरीको टोली घटनास्थलमा पुग्ने बारे जानकारी पाएपछि सुवास गाँउ बाट ३१ गते बिहान फरार रहे ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लौवादेब डाँडाबाट पक्राउ गर्न प्रहरीको टोली सफल भयोे । सुवासले साथीसंग हुजर आमाको हत्याका बारेमा समेत कुराकानी गरेको स्रोतले जनाएको छ । प्रहरीले घटनाको विस्तृप्त रुपमा अनुसन्धान गरी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्