Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला


0
Shares

बर्दिया, भदौ ३१ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खोलिने भएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरि आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको हो ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारीका लागि पर्यटकलाई प्रवेशको अनुमति दिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथ प्रदर्शकसहित तीन जना मात्र जानुपर्ने लगायतका मापदण्ड बनाइएको अधिकउत श्रेष्ठले बताउनुभयो ।

कोरोनाका कारण निकुञ्जमा पर्यटक आवागमन ठप्प हुँदा २ वर्ष यता राजश्व अनुलिमा लाखौं रुपैयाँको घाटा व्यहोर्नु परेको निकुञ्ज प्रशासनको भनाई छ ।

Skip This