चीनमा ६ म्याग्निच्युडको भूकम्प: दुईको मृत्यु, ६० बढी घाइते « Image Khabar


चीनमा ६ म्याग्निच्युडको भूकम्प: दुईको मृत्यु, ६० बढी घाइते


Border circle
Imagekhabar

एजेन्सी । चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पले केही घरहरुमा क्षति पु¥याएको छ । सिचुआन प्रान्तको राजधानी छङ्ग्दूदेखि २ सय किलोमिटर दक्षिण पूर्वमा भूकम्पको केन्द्र रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्