५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखकोे ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप पनि लगाउनुभयो ।

आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको आरोप छ । लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको महासचिव पोखरेलको तर्क छ ।

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।