डाेलराज रानाभाट
चितवन । भरतपुर महानगरपालिकाले फोहोर नउठाउँदा मुख्य शहर नारायणगढ बजार पुरै दुर्गन्धीत बनेको छ । जताततै थुप्रिएको फोहोरले पैदल यात्रु र स्थानीय बासिन्दा हैरान भएका छन् । स्मार्ट सिटीको नारा दिएको महानगर फोहोरको ब्यवस्थापन गर्न समेत असफल भएको छ ।
कुनै ल्याण्डफिल साइटमा जस्तो फोहोरको थुप्रो अन्त कतै नभएर स्मार्ट सीटि बनाउने भनिएको भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढमा विगत ५ दिनदेखि देखिएको छ ।
अहिले भरतपुर महानगरवासी नाक थुनेर हिँड्न वाध्य छन् भने चाडवाड नजिकै आउँदा व्यापार होला भनेर ग्राहक कुरेका व्यवसायीलाई त झन समस्या परेको छ ।
लायन्सचोकका व्यवसायी जयप्रकाश गुप्ता लगायत धेरैले फोहोर उठाइदिन पर्यो भनेर पटक पटक महानगरलाई भनिसकेका छन् । फोहोर व्यवस्थापनको शुल्क समयमै असुल गर्ने महानगर पाँच दिन बढी फोहोर थुप्रिदा भने वास्ता नगरेको गुनासो छ ।
कोरोनाका कारण लामो समय बन्द रहेका पसल व्यवसायहरु खुल्न थालेका छन् । चाडपर्व नजिक आएसँगै ग्राहक पर्खिएका व्यवसायीहरु अगाडिको फोहोरको डंगुरले ग्राहक नआएको बताउँछन् । पैदलयात्री त एकैछिनमा फोहोरको डंगुरबाट कटिहाल्छन तर पसलमा बस्नुपर्ने उनीहरु अझ बढि मारमा छन् । गन्हाएर बसीनसक्नु हुँदापनि फोहोर उठाउन महानगरले चासो नदिएको अर्का व्यवसायी बुद्धिमान श्रेष्ठको गुनासो छ ।
दैनिक ६५ टन फोहोर उठाउनुपर्ने महानगरले व्यस्थित ल्याण्डफिल साइट निर्माण गरेको छैन । नारा स्मार्ट सीटि भनेपनि कहिले नारायणी नदी किनार त कहिले जंगल नजिक फोहोर फाल्दै आएको छ ।
महानगरको फोहोर व्यवस्थापन निरन्तर रुपमा चुनौति बन्दै गइरहेको त छनै फोहोर नै नउठाउँदा जनताको स्वास्थ्य समेत प्रतिकुल असर पर्ने सम्भावना बढेको छ । पटक पटकको विवाद आउनुभन्दा चाँडै दिर्घकालिन समाधान खोज्न अत्यन्त जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्