Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


चोरीएको ५० बर्ष पछि उमामहेश्वरको मूर्ति नेपाललाई फिर्ता


0
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । ५० बर्ष पछि १० औं शताब्दीको उमामहेश्वरको मूर्ति अमेरिका स्थित नेपाली दूतावासले प्राप्त गरेको छ। डेनवर कला संग्रहालय, कोलोराडोका प्रतिनिधिले मूर्ति दूतावासलाई हस्तान्तरण गरेको हो।

सो अवसरमा राजदूत युवराज खतिवडाले संग्रहालयलाई नेपालमा चोरी भएको कलाकृति फिर्ता गर्न सहयोग गरेकोमा धन्यवाद दिदै सांस्कृतिक सम्पदाको संरक्षणमा दुई देश बीच सहयोगको यो महत्वपूर्ण कार्यले सम्बन्ध अझ सुदृढ बनाउन योगदान गरेको बताउनुभयो।

५० वर्ष पहिले पाटन स्थित गाहितिबाट मूर्ति चोरी भएको थियो। मूर्ति उचित समयमा नेपाल ल्याउने र उपयुक्त ठाउँमा स्थापित गरिने जनाएको छ।