२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


पोखरा महानगरमा कांग्रेसको अधिवेशन सुरु


0
Shares

पोखरा, भदौ २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।

अधिवेशनको उद्घाटन गर्दे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो ।

उहाँले गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता र योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव पनि दिनुभयो । पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

नेतृत्वमा १ महिलासहित ६ जनाको प्रतिस्पर्धा हुँदैछ । चुनावी कार्यक्रमअन्तर्गत आज नै मनोनयन दर्ता भएको छ । महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गंगाधर पराजुली र ज्योति हमाल आकांक्षी छन् ।