
सर्लाही । सर्लाहीमा खोलाहरुमा आएको बाढीका कारण चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन संचालन गर्न कठिनाई भएको छ । बाँके र लखन्देही खोला हुँदै त्यस भेगमा पुग्ने सवारी साधन लामो समयदेखि ठप्प रहेका छन् ।
जिल्लाको दुर्गम भेगमा पर्ने नारायण खोला, पिपल दमार, शीर कालिन्जोरलगायतका क्षेत्रमा गएको असारदेखि नै गाडी चल्न नसकेको हो । गाडी नचलेका कारण बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्