एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो ।
४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट आईरहेको डुंगासंग ठोक्किएको प्रहरीले जनाएको छ ।
सामाजिक संजालमा हालिएका भिडियोहरुमा डुंगा ठोक्किएपछि नदीमा खस्दै गरेका र डुंगामा झुण्डिने कोशिस गरिरहेकाहरुको दर्दनाक दृष्य देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र गतिमा भईरहेको जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्