काठमाडौं, भदौ २३ । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडावापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले सरकारले अन्य उद्योगलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरेपनि आफूहरुलाई नगरेको भन्दै असन्तुष्टि समेत गर्नु भयो । महासंघले राज्यको करछली गरेर भित्रिएका मोबाइललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने प्रतिवद्धता समेत जनाएको छ ।
महासंघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाइल व्यवसायीहरुले ३ अर्व ५२ करोड राजस्व राज्यलाई बुझाएका छन् । महासंघका अध्यक्ष भट्टराईले आर्थिक वर्ष २०७५÷०७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाइल नेपाल भित्रिएको र त्यसको बिक्री गरी ३ अर्ब ५२ करोड घर राज्यलाई बुझाइएको पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्