संखुवासभा, भदौ २२ । संखुवासभामा एकै परिवारका ६ जनाको पैसाका कारण हत्या भएको आशंका गरिएको छ ।
तेजबहादुर कार्कीले झापाको दमकमा तिज लगत्तै पास गर्ने गरी जग्गा किन्न नगद पैसा घरमा जम्मा गरेको र त्यहीँ पैसाका लागि विभत्स घटना भएको आशंका स्थानीयहरुले गरेका छन ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली, संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीलगायतको टोलीले घट्नास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म अपराधिको पहिचान हुन सकेको छैन । आइतबार राति एकै घरका ६ जनाको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो ।
एकै परिवारका ६ जनाको निर्मम हत्या गर्नेहरुको खोजीलाई तिव्रता दिइएको प्रहरीले जनाएको छ । अपराधी नउम्किउन भनेर भाग्न संक्ने संम्भावित नाकाहरुमा निगरानी समेत बढाईएकोे प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताउनुभयो ।
प्रहरीले एकै परिवारका ६ जनाको विभत्स हत्या गर्नुको कारणबारे विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको छ । अनुसन्धान उन्मुख रहेको प्रहरी नाउब उपरिक्षक सुवेदीले दावी गर्नुभयो । घटना स्थलमा आज बिहानैदेखि तालीम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । घटनास्थलको मुचुल्का र शवको पोष्टमार्टमको लागि जिल्लाबाट धरान घोपा क्याम्पमा पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस्