५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


तालिवानले कब्जा गरेको भनिएको पञ्जशीरमा लडाइँ जारी


0
Shares

एजेन्सी । तालिवानले पूर्ण कब्जा जमाएको दाबी गरेको अफगानिस्तानको पञ्जशीर उपत्यकामा गएराति संघर्ष चर्किएको खबर छ ।

गएराती सैन्य विमानहरुले तालिवानका अखडाहरुमा आक्रमण गरेको र थुप्रै लडाकुहरु मारिएको दाबी गरिएको हो ।

हिजो तालिवानले पञ्जशीरको प्रान्तीय गभर्नरको कार्यालयमा झण्डा फहराएर सो प्रान्त पनि पूर्ण नियन्त्रणमा लिएको घोषणा गरेको थियो ।

उता, तालिवान विरुद्ध पञ्जशीर क्षेत्रमा लडिरहेको नर्दन एलायन्स भनिने नेशनल रेसिस्टेन्स फ्रन्टले आफ्नो हार अस्वीकार गरेको छ । एनआरएफका लडाकुहरुले अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रमा आफ्नो उपस्थिति रहेको भन्दै युद्ध जारी रहेको बताएको छन ।

एनआरएफका नेता अहमद मसूदको अडियो सन्देश सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै तालिवान विरुद्ध देशैभरबाट प्रतिरोध गर्न आह्वान गरिएको छ ।

मसुदले तालिवानलाई मान्यता दिएको भन्दै अन्तर्राष्ट्रिय समुदायको पनि आलोचना गरेका छन् । पहाडी उपत्यका पन्जशिरमा एक लाख ५० हजार देखि दुई लाख मानिसको बसोबास छ ।