७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या


0
Shares

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् ।

बुलेट प्रुफ ज्याकेट लगाएका ती ब्यक्तिले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य दुइ जनाको हत्या गरेको हो ।

घटनामा ११ बर्षिया एक बालिका भने सख्त घाइते भएकी छन् । फ्लोरिडाको ब्यस्त बजारमा भएको घटनामा गोली प्रहार लगत्तै सुरक्षाकर्मीले प्रतिकार गर्दा ती ब्यक्तिले आत्मसमर्पण गरेको जनाइएको छ ।

प्रहार गर्ने ब्यक्ति ब्रायन रिले नामका ३३ बर्षिय युवक भएको पहिचान भएको र उनी इराक र अफगानिस्तानमा शार्प सुटरका रुपमा काम गरिसकेको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय उनी मानसिक रोगबाट ग्रस्त भएको पनि समाचारमा जनाइएको छ ।