काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ आउने सवारी साधन बिचबाटोमा नै अलपत्र परेका छन् ।
राती २ बजेदेखी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले पानी पर्न रोकिएकाले थप पानी नपरेमा एक घण्टामा बाटो खुल्ने अनुमान गरिएको छ । राजमार्ग बन्द हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।
प्रतिक्रिया दिनुहोस्