पाँचथर । पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् ।
२ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले कुलो निर्माण थालिएको हो ।
साना सिंचाई कार्यक्रम अन्र्तगत स्वीस सरकार, केन्द्र, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा उपभोक्ताले कुलो निर्माण थालेका हुन् ।
कुल ५३ लाख रुपैँयाको लागतमा १ हजार २ सय ९२ मिटर लामो पक्की कुलो बनाउन लागिएको हो । हालसम्म ३ सय ५० मिटर कुलो निर्माण भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्