१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


हिंसामुक्त समाजकालागि अभिसन्धी १९० पारित हुनुपर्छ-आईटियुसी न्याक


13
Shares

काठमाडौ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आबद्ध परिषद् ( आईटियुसी न्याक ) ले हिंसामुक्त समाज र कार्यस्थल निर्माण गर्न आईएलओ अभिसन्धी १९० पारित गर्न जोड दिएका छन् ।

बुधबार न्याकले पत्रकार सम्मेलन गर्दै अभिसन्धी १९० पारित गर्न नेपाल सरकारलाई आग्रह समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्नु हुँदै न्याकका अध्यक्ष जगत सिंखडाले अभिसन्धी १९० पारित भए कार्यस्थलमा हुने हिंसामा न्यूनीकरण र रोक्न सहयोग पुग्ने भएकोले पारित गर्नुपर्ने बताउनुभयो ।

जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले हिंसा र दुर्ववहार रोक्न ट्रेड युनियनहरु प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले नेपालको संविधान र कानुनमा धेरै राम्रो व्यवस्थाहरु भए पनि कार्यान्वयनको पक्ष फितलो रहेकोले समस्याहरु आईरहेको बताउनुहुदै अभिसन्धी १९० को अनुमोदन गरि प्रभावकारी लागू गर्नुपर्ने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं आईएलओ गभर्निङ बडि सदस्य आशासिंह राठोरले अभिसन्धी १९० पारित गराउन नीति निर्माण तहमा आवश्यक लबिङ र दबाब जारी राख्नुपर्ने बताउनुभयो । १९० कार्यस्थलमा हुने विभेद, हिंसा र दुर्ववहार विरुद्धको अभिसन्धी हो।