
काठमाडौं । सामाजिक संजाल फेसबुकले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३२ वटा खाता बन्द गरेको छ ।
फेसबुकले झन्डै १० हजार पोस्ट र १ सय ५० वटा विज्ञापनसमेत हटाएको छ ।
फेसबुकले आफूहरु अनुसन्धानको प्रारम्भिक चरणमा रहेको र ती पेजहरु कसले बनाएको भन्ने थाहा नभएको जनाएको छ ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा भएको भनिएको रुसी हस्तक्षेपको तुलनामा यी खाता बनाउनेले आफ्नो परिचय लुकाउन निकै प्रयास गरेको बताइएको छ ।
त्यस्ता खातामा कतिपय झूठा पोस्टहरु रुसले प्रयोग गरेका खातासँग सम्बन्धित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्