Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


डडेल्धुरामा दुर्वाष्टमी मनाइँदै


0
Shares

डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा शुक्लअष्टमी अर्थात गौरा पर्व दुर्वाष्ठमी पुजा गरी मनाइँदै छ ।

भाद्र शुक्ल पञ्चमीदेखि सुरु भएको मौलिक परम्पराको प्रतिक गौरा पर्व सामेमबार सप्तऋषि, सप्तसरोवर, सप्तगंगा, सप्तसमुन्द्र सप्त क्षेत्र, सप्त धान्य, सप्त सरस्वतीको पूजा गर्दै सात वटा धागोबाट सुत्रबन्दी गरिएको दुबो धागो गौरालाई चढाएर प्रसादको रूपमा महिलाहरूले घाँटीमा लगाउने चलन छ ।

विशेष गरि महिलाका जीवनशैलीसँग गाँसिएको नारीहरूको महत्वपूर्ण चाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा पार्वतीलाई गौराको रूपमा पूजन गरी दुर्वाष्ठमी विसर्जन नहुँदासम्म एक हप्ता मनाइन्छ । यस पर्वमा महिलाले बस्ने निराहार व्रतबाट सु–स्वास्थ्य, सौभाग्य र समृद्धी प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।