Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


एमाले विभाजन भएको होइन, टुक्रिएको हो– केपी ओली

‘दुई वर्ष भयो माधव नेपालले अहिलेसम्म फोन गर्नुभाछैन, मैले नै गरिरहेको छु’

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको बताउनुभएको छ ।

एक अन्तर्वार्तामा अध्यक्ष ओलीले एमाले विभाजन भइ चोइटिएको वा टुक्रिएको बताउनुभयो । ‘एमाले विभाजित भएको होइन, टुक्रिएको वा चोइटिएको हो,’ उहाँले भन्नुभयो, ‘केही मानिसहरु पार्टीबाट अलग भएको हो ।

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।

प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्विरोध गर्दै विश्वासको मत नदिने, एमालेको सरकार भत्काउने अवस्था आउँदा–आउँदै आफूले कारबाही नगरेको स्मरण गर्दै ओलीले आफूले एमाले जोगाउन भरमार प्रयास गरेको जिकिर गर्नुभयो ।

माधवकुमार नेपाललाई अर्घेल्याइँ गर्नु भएकाले मभित्र दम्भ देखेको आरोप उहाँको टिप्पणी छ । पार्टीभित्र र बाहिर पार्टीलाई घात गर्ने काम नगरेको बताउँदै उहाँले आफूले सधैँ निष्ठाको कुरा गर्ने गरेको बताउनुभयो ।

‘दुई वर्ष भयो होला माधव नेपालले अहिलेसम्म फोन ग¥याछैन, मैले लगातार फोन र कुराकानी गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीकहाँ भेट्दिन भन्दा पनि मैले उहाँले जहाँ भन्नुभयो त्यहाँ गएर भेटेको छु, मैले कहाँ अहंकार देखाएँ ?’

अध्यक्ष ओलीले माधव नेपाल आफैँले चाहेर एमालेबाट नछुटेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपालभन्दा उहाँलाई एमालेबाट छुटाउने तागत बलियो भएका कारण उहाँको केही नलागेको हुनसक्छ ।’