Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो– राजेन्द्र पाण्डे


0
Shares

काठमाडाैं । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पार्टी एकताको औपचारिक संवाद सकिएको बताउनुभएको छ ।

बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा पाण्डेले पार्टी एकताका लाग ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताउनुभयो ।

‘आन्दोलनमा राजनीतिक ढंगले अगाडि बढ्दै जाँदा त्यहाँभित्र रहेका साथीहरुले पार्टी पनर्गठन गरेको खण्डमा पुनर्गठित पार्टीसँग एकता हुनसक्छ, गाभिन सक्छ’ उहाँले भन्नुभयो, ‘केपी ओलीको नेतृत्वमा रहेको अहिलेको अवस्थामा पार्टी एक हुन सक्दैन ।’

साविक एमालेको केन्द्रीय सदस्य ५८ जना भएर दल दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

Skip This