Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ नयाँ दल दर्ताको तयारीमा नेपाल समूह, नाम नेकपा एमाले (समाजवादी) राख्ने


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । अहिले नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नासाथ नयाँ दल दर्ताको तयारीमा नेपाल समूह छ । एमालेका नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले राष्ट्रपतिको निर्णय कुरेर बसेको जानकारी दिनुभयो ।

‘निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारी अवस्थामा हामी छौं’, उहाँले भन्नुभयो, ‘राष्ट्रपतिबाट अध्यादेश जारी हुने समय कुरिराखेका छौं ।’

नयाँ दलको नाम जे भएपनि नेकपा एमाले भने कायमै रहने उहाँले जानकारी दिनुभयो । अहिले नेकपा एमाले (समाजवादी) नाम राख्नेकी भन्ने विषयमा पनि छलफल चलिरहेको बताइएको छ । नेपाल पक्षले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको बताइएको छ ।