२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


न्यूजिल्याण्ड ज्वालामुखी विष्फोट, केहीको मृत्यु, कैयौँ घाइते, केही सम्पर्कविहीन


0
Shares

एजेन्सी, मंसिर २३ । न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोटमा परी केही मानिसको मृत्यु भएको खबर छ । दर्जनौं मानिस घाइते भएका छन् भने केही केही सम्पर्कविहीन भएको जनाइएको छ।

उत्तरपूर्वी न्यूजिल्याण्डको ह्वकारी पनि भनिने ह्वाईट आईल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो ।

यसबाट एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको न्यूजिल्याण्डको क्रूज असोसिएशनले जनाएको छ । प्रभावितको उद्धारका लागि उद्धारकर्मीहरू परिचालित गरिएको छ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भन्दै उद्धारमा पूर्ण ध्यान दिइने जनाएकी छिन् ।

सक्रिय ज्वालामुखी रहेको ह्वाईट आईल्याण्ड पर्यटकीय स्थल भएकाले पर्यटकहरु परेको जनाइएको छ । विस्फोटको समयमा झन्डै ५० जना रहेको प्रहरीले जनाएको छ ।

यस टापुमा पहिले पनि ज्वालामुखी विस्फोटका घटना भइरहने गरेको जनाइएको छ ।