कांंग्रेस नेता आलमको मुद्दाको सुनवाइ सर्‍यो, ‘हेर्न नमिल्ने’ « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


कांंग्रेस नेता आलमको मुद्दाको सुनवाइ सर्‍यो, ‘हेर्न नमिल्ने’


13
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ ।

इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा शुक्रवार सुनुवाइ हुने भनिएको थियो ।

तर, मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो । आलमको मुद्दा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो ।

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ ।

साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

समाचारमा भुलवस् त्रुटी हुन गएकाले सच्याइएको छ । सम्पादक