Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


नहरमा डुबेर दुई बालकको मृत्यु


0
Shares

चितवन, साउन ६ । चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।

क्रिक्रेट खेलेपछि उनीहरु बुधबार करिब ४ बजेतिर क्षेत्रपुरमा रहेको नहरमा हातखुट्टा धुने नहर गएका थिए । सोही क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबी बेपत्ता भएका थिए ।

प्रहरीले खोजी गरेपछि दुबै जनालाई डुबेको स्थानदेखि करिब २ सय मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी पठाईएकोमा अस्पत्तालले दुबै जनाको मृत्यु भएको जानकारी गराएको चितवन प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चिवतनले बर्षातको समयमा नारायणी नदी लगायतका नदी, खोला, नहरहरुले बगाई तथा पानि जमेको पोखरीहरुमा डुबी मानिसहरुको मृत्युको घटनाहरु दोहोरिएको भन्दै यो सयम किनारमा नजान तथा जानै परे पुर्ण साबधानी अपनाउन हुन अनुरोध गरेको छ ।