काठमाडौं । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित नागरिकलाई राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा उक्त रकम बराबरको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
यसैगरी, यशोदा फुड्सले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउसमेत राहतस्वरूप उपलब्ध गराएको जनाएको छ। प्रभावित क्षेत्रका आश्रयस्थल तथा पीडित नागरिकलाई सम्बन्धित निकायमार्फत उक्त चाउचाउ वितरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आवश्यकताअनुसार थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउनसमेत आफूहरू तयार रहेको छ। विपद्को यस घडीमा आवश्यक पर्ने अन्य सहयोगका लागि पनि यशोदा ग्रुप पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्