Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


माधव नेपाल गद्दार हुन्, पार्टीमा ठाउँ छैन– केपी ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिनुभएको छ ।

सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा ओलीले नेपाललाई गद्दारको संज्ञा दिनुभएको हो । शेरबहादुर देउवाको पक्षका विश्वासको मत दिनु असाधारण र चरम अनैतिक भएको उहाँको भनाइ छ ।

‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो,’ उहाँले भन्नुभयो,‘यो हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो ।’

आफ्नो बहुमत नभएको कमिटीमा जान्न भन्दै नेपालले अध्यक्ष बन्न खोजेको ओलीले आरोप लगाउनुभयो । उहाँले नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, उनको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो,’ उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलन सक्ने गरी भइरहेको कार्यको पराकाष्टा हिजो देखिएको छ।’

ओलीले यसअघि बालुवाटारबाट बालकोट पुगेपछि पनि माधवकुमार नेपाललाई गद्दार भन्दै पार्टीमा ठाउँ नभएको बताउनुभएको थियो ।