Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


प्रदेश २ सरकारको बजेट खर्च


0
Shares

काठमाडौं । प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल बजेटको ६५ प्रतिशत रकम खर्च गरेको छ ।

गत आर्थिक वर्षमा विनियोजन गरीएको ३४ अर्ब ७० करोड ४३ लाख बजेटमध्ये सरकारले २२ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खर्च गरेको हो ।

प्रदेश सरकारले पूँजीगततर्फ १४ अर्ब २ करोड ६१ लाख खर्च गर्न सकेको छ भने चालुतर्फ ८ अर्ब ७२ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले आर्थिक वर्षको ११ महिनामा कुल ३१ दशमलव ४७ प्रतिशत खर्च गरेको थियो भने गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै ३४ दशमलव १८ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७ / ७८ मा सबैभन्दा बढी बजेट सामाजिक विकास मन्त्रालयले खर्च गरेको छ । विनियोजन गरेको ५ अर्ब ८४ करोड ७७ लाख बजेट मध्ये ४ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयको जनाएको छ ।