
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले न्युकासल युनाईटेडलाई २–० ले हराएको छ ।
गएराति भएको खेलमा भिल्लालाई विजयी गराउन कोनोर हुरीहाने र अनवर एल घाजीले एक एक गोल गरे ।
जितसँगै एस्टन भिल्ला प्रिमियर लिग फुटबलको अंक तालिकाको १५ औं स्थानमा उक्लिएको छ । १३ खेलबाट भिल्लाको १४ अंक छ ।
समान खेलबाट १५ अंक जोडेको न्युकासल तालिकाको १४ औं स्थानमा रहेको छ । ३७ अंकको साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको लेष्टर सिटीको २९ अंक छ ।
२८ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो तथा २६ अंकका साथ चेल्सी चौथो स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्