
web pic
पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया बासगढी नगरपालिका–६ का ३६ वर्षीय जग्गु डाँगी ।
प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा मोटरसाइकल बर्दियाकै ३० वर्षीय दिपेन्द्र चौधरी रहेका छन् । उहाँको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्