२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध


0
Shares

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । सभामुखले प्रदेशसभा बैठकको कारबाही सुरु भएको जानकारी गराए लगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।

विरोधपछि कांग्रेस प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको बताउनुभएको थियो । अवरोधपछि सभामुखले असार ११ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

१ असारमा आएको बजेटमाथिको छलफल असार ४ गतेदेखि सुरु भएको थियोे ।