बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने • Image Khabar Image Khabar


बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार १२:५७

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने

हेटौँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने भएको छ ।

बागमती प्रदेशको आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्न हिजो बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गर्नु भएको हो ।

प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।

प्रदेशसभाले यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्