२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


फेडेरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश


0
Shares

एजेन्सी । रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । फेडेररले जर्मनीका डोमिनिक कोएफरलाई पराजित गरेका हुन् । ३

९ वर्षका फेडेररले ७–६ (७–५), ६–७ (३–७), ७–६ (७–४) र ७–५ को सेटमा जित निकालेका हुन् ।

उनले चौथो चरणमा नवौ वरियताका इटालियन खेलाडी मातेओ बेरित्तिनीसँग प्रतिस्पर्धा गर्ने छन् ।

बेरित्तिनीले दक्षिण कोरियाका क्वान सून–वूलाई ७–६ (८–६), ६–३ र ६–४ को सेटमा पराजित गरेर पहिलोपटक फ्रेन्च ओपनको चौथो चरणमा स्थान बनाएका हुन् ।