Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


फिफा विश्वकप फुटबल टर्कीएकाे अमेरिकामाथि सहज जित

अमेरिका भने ३-२ गोल अन्तरले पराजित

26
Shares

काठमाडाैं । टर्कीए अमेरिकालाई पराजित गरे पनि फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ।

शुक्रबार भएकाे अन्तिम खेलमा टर्कीएले अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गरेकाे हाे । टर्कीएका लागि अन्तिम इन्जुरी समयको ८ औं मिनेटमा कान आयहानले गोल गर्दै जित दर्ता गरेका थिए । अमेरिकाका लागि अस्टिन ट्रस्टीले ३ मिनेटमै गोल गरेका छन् ।

त्यसपछि १० औं मिनेटमा टर्कीएका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै, ३१ औं मिनेटमा टर्कीएका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाएका छन्। अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् ।

तर, अन्तिममा टर्कीएले फेरि गोल गरेसँगै अमेरिका पराजित भएकाे हाे । टर्कीए यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजित भएको थियो । हारका बाबजुत पनि सह-आयोजक देश अमेरिका समूह ‘डी’ को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा टर्कीएसँग पराजित भएपनि यसअघि दुई खेलमा जित निकालेकाले ६ अंकसहित तालिकामा शीर्ष स्थानमा कायम छ ।

त्यस्तै, शुक्रबारै भएकाे अर्काे खेलमा अष्ट्रेलिया र पाराग्वेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । तालिकामा दोस्रो हुँदै अष्ट्रेलियाले नकआउट यात्रा सुरक्षित गरेको हाे । पाराग्वे पनि नकआउट चरणमा कायमै रहेकाे छ । तालिकामा दुवै टोलीले चार अंक जोडेका हुन् ।