Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ का लागि १५ सदस्यीय नेपाली टोलीकाे घोषणा (विज्ञप्तिसहित)

उद्घाटन खेलमा नेपालले नामिबियाकाे सामना गर्ने

13
Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा गरेकाे छ।

क्यानले शुक्रबार नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीकाे घोषणा गरेको हो । यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् ।

उद्घाटन खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुने भएकाे हाे। ८ वटा देश सहभागी लिग–२ तालिकामा नेपाल २४ अंकसहित पाँचौं स्थानमा रहेकाे हाे । त्यस्तै, नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौं स्थानमा छ ।

नेपाली टाेलीमा राेहित पाैडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने , कुशल भुर्तेल, आसिफ शेख ईशान पाण्डे, आरिफ शेख गुल्सन झा, करण केसी, साेमपाल कामी , नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनाेद भण्डारी रहेकाे क्यानले जनाउकाे हाे ।