काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताउनुभरएकाे छ।
चितवनमा भएको पार्टीकाे प्रथम महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । साथै, उहाँले देशले आफू नेतृत्वकाे पार्टीलाई आशा र भरोसा गरेकाले अझै बढी मेहनत गर्नुपर्ने समेत बताउनुभयाे ।
उहाँले भन्नुभयाे,- ‘संस्थापक सभापति भएको हुनाले मेरा केही गहन जिम्मेवारी छन् । देशले आशा र भरोसा गरेकाे हुनाले पनि त्यो आशा र भरोसा नटुटोस् भन्नका लागि मैले धेरै मेहनत गर्नुपर्ने हुन्छ। यसअघि मलाई अपरिपक्वताको आरोप लाग्थ्यो । तर परिस्थितिले मलाई अपरिपक्व हुन छुट दिएको छैन ।’
सभापति लामिछानेले आफूलाई परिस्थितिले थप परिपक्व बन्न भनिरहेको समेत बताउनुभयाे । सभापतिका रुपमा जिम्मेवार भएर पार्टीलाई अघि बढाउने उहाँकाे भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्