Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष शेर्पा पक्राउ (विज्ञप्तिसहित)

विद्यालयको ८ करोड ७८ लाख ४० हजार बढी रकम हिनामिना गरेको आरोप

0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको हाे।शेर्पामाथि टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका साझेदारले ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी दिएको सीआईबीले जानकारी गराएकाे छ । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले उक्त एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको बताउनुभयाे ।

उहाँले शेर्पा उक्त एकेडेमीको कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएकाे समयमा विद्यालयको ८ करोड ७८ लाख ४० हजार ८ सय २ रुपैयाँ रकम हिनामिना गरेको आरोप लागेकाे बताउनुभएकाे छ ।

त्यस्तै, विद्यालयको भक्तपुर दधिकोटमा रहेको २९ रोपनी भन्दा बढी जग्गा आफै सम्बद्ध कम्पनीलाई बेचेको, विद्यालयका नाममा सवारी साधन खरिद गरेर व्यक्तिगत प्रयोग गरेको लगायतका आरोपसहितको जाहेरी शेर्पाविरुद्ध रहेको सीआईबीले जनाएको हाे ।