Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपतिद्वारा खेद व्यक्त


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्‍यक्त गर्नुभएको हो ।

उहााले लेख्नुभएको छ, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’

उहाँले आगाडि थप्नुभएको छ, ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’