१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कोरोनाका कारण सेनाका सहायक रथी केसीको निधन


0
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सहायक रथी केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुनुहुन्छ । स्वास्थ्य अवस्था बिग्रिएपछि पछिल्लो समय उहाँलाई भन्टिलेटरमा राखिएको थियो ।