२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भारततर्फ लैजाँदै गरेको अवस्थामा पशुपतिनगरबाट २५ चौपाया नियन्त्रण


0
Shares

इलाम, साउन ११ । भारततर्फ लैजाँदै गरेको २५ वटा चौपाया (गोरु) इलामको पशुपतिनगरबाट शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

साढे ५ बजे सुर्योदय नगरपालिका–२, पशुपतिनगर मानेभञ्जयाङ जाने भित्री सडक खण्डको नेपाल–भारत सीमा नजिकबाट ना६ख ५६२ नम्बरको ट्रकसहित गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुर, हेटौंडा–१५ का ३५ वर्षीय सञ्जीवकुमार लामा समेत पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएको ट्रक, ट्रकका चालक र २५ वटा गोरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पशुपतिनगर बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।