
काठमाडौं, वैशाख २९ । सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार ९०० रुपैयाँ भन्दा बढी लिन नपाइने प्रष्ट गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार रेम्डिसिभिर अब ४ हजार ९०० रुपैयाँ भन्दा बढी बेच्न पाइने छैन ।
कोभिड–१९ का बिरामीलाई चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।
अधिकारीका अनुसार आयन हेल्थकेयर रेम्डिसिभिरको आधिकारिक आयातकर्ता हो । अब रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रका अलवा सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन पनि चाहिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्