भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु


0
Shares

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकैदिन ३ हजार ९८० जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

२४ घण्टामा ३ लाख २९ हजार ११३ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

भारतमा कोरोना संक्रमणबाट हालसम्म् २ करोड १० लाख ७७ हजार ४१९ जना संक्रमित भएका छन् । मर्नेको संख्या २ लाख ३० हजार १६८ पुगेको छ ।