Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


करोडौंको पुल भत्कियो, प्राविधिकलाई कारवाही गर्न माग


0
Shares

टेकराज अवस्थी/ईमेज:

डडेल्धुरा । अबिरल बर्षाका कारण डडेल्धुरा जिल्लामा कराडौंको सडक पुल भत्किएको छ ।

बुधवार देखि परेको पानीले महाकाली बेसिन अन्र्तगत भागेश्वर गाउँपालिकाको वडा न. ४ र अजयमेरु गाउँपालिकाको वडा नंं. ५ जोडने सेरागाड खोलामा निर्माणधिन अवस्थामा रहेको सुडक पुल भत्किए पछि स्थानीय चिन्तित भएका छन ।

करिब १६ करोड लागतमा निर्माण भईरहेको डुङ्गरी सेरागाड देवल सडक अन्तर्गत सेरागाडमा निर्माणाधिन सडकपुल गुणस्तरहिन सामग्रीको प्रयोग, गलत डिजाइन र बर्षातको बेला खोलामा ढलान गर्ने र गराएका कारण भत्किएपछि स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्राबिधिक तथा निर्माण व्यवसायिलाई कारवाही हुनुपर्ने माग राखेका छन ।

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले निर्माणाधिन पुलको गुणस्तरको बारेमा पटक पटक सम्बन्धित निकायको बारेमा ध्यानाकर्षण गराएको भए पनि ठेकेदारले जर्बजस्त रुपमा बर्षातमा काम गराउँदा पुलको ढलान गर्न तयार पारिएको सट्रिङ सहित बगाएको बताउँदै जनताको जीवन माथी खेलवाड गर्ने दोषिलाई कडा कार्बाही गरिनु पर्ने बताएका छन ।

अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई जोडदै बैतडी तल्लो सोराड क्षेत्रका हजारौं जनतालाई डडेल्धुरा सदरमुकाम जोड्न सहजताका लागि निर्माण गरिन थालिएको पुल निर्माण सम्पन्न नहुँदै भत्किएको हो ।