Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा पक्राउ परेका ८ जनालाई अदालतमा पेश गरी म्याद थप


13
Shares

काठमाडौं, बैशाख ८ । विदेशी जानेहरुका लागि नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा पक्राउ परेका सूर्या हेल्थ केयर प्रालिका सञ्चालकसहित ८ जनालाई प्रहरीले अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरेको छ ।

पक्राउ पर्नेहरुमा सूर्या हेल्थ केयर प्रालिका सञ्चालक ४४ बर्षिय खेलानन्द प्रसाद सिंह, मेरिट मल्टी केयर मेडिकल सेन्टरका ४५ बर्षिय प्रकाश भनिने चित्र बहादुर रायमाझी, २२ बर्षिय सरोज क्षेत्री, सूर्य हेल्थ केयरका ल्याब टेक्निसियन ५० बर्षिय प्रदीप कुमार गिरि, २५ बर्षिय अमनकुमार यादब, ३२ वर्षिय ब्रजेश पोखरेल र बिचौलिय २२ बर्षिय बादल मिरीङ्ग छिरिङ्ग रहेका छन् ।

उनीहरुलाई अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद थप समेत गरिएको हो ।

प्रति ब्यक्ति ९ हजार रुपैयाँ लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार सिनामंगलस्थित सूर्या हेल्थकेयरमा छापा मारेको थियो ।

उक्त ल्याबमा सिलबन्दी समेत गरिएको महानगरिय अपराध महाशाखाका उपरीक्षक कृष्ण पगेनीले बताउनु भएको छ ।

लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरको मूख्य कार्यालयबाटै नक्कली पीसीआरको काम हुदै आएकोमा स्थान अभाव देखाउँदै सिनामंगल सारिएको पनि जानकारीमा आएको छ ।

Skip This