Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


ओलीका कारण गणतन्त्र समाप्त हुने अवस्थामा पुग्यो : अष्टलक्ष्मी शाक्य


0
Shares

काठमाडौं, बैशाख ३ । नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गर्नुभएको छ ।

नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने स्थितिमा पुगेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफ्नो कुर्सी जोगाउने खेलमा लागेको उहाँको आरोप छ ।

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले अहिले आई लभ यु केपी बा भन्नेहरु यस अघि हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरु जस्तै हराएर जाने बताउनुभयो ।

अवसर खोज्दै हिँडनेहरु अहिले केपी ओलीको पछि लागेको र केही समय पछि उनीहरुले छाडेर जाने निश्चित भएको उहाँको भनाइ थियो ।

बनेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ सङ्कल्पका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।