अर्घाखाँचीमा जीप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु • Image Khabar Image Khabar


अर्घाखाँचीमा जीप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु


Imagekhabar
२० आश्विन २०७६, सोमबार १३:४०

अर्घाखाँचीमा जीप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची, असोज २० । अर्घाखाँचीमा सोमबार एक बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु१ज ४३३९ नम्बरको जीप नरपानीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा अरु ६ जना यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृतकहरुको सनाखत भएको छैन ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्