Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड पूर्णिमा लामालाई


13
Shares

काठमाडौँ। ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको अवार्ड चुम्न सफल भएकी छिन।

शुक्रबार याक एण्ड यति होटल दरबारमार्गमा भएको समारोहमा गायिका लामाले “मुटु जलि खरानी भो” भन्ने गित बाट अवार्ड हात पारेकी हुन् ।

यही गीतले लामालाई सांगितिक क्षेत्रमा चिर परिचित गराएको थियो । यो गितको शब्द संगीत बलराम साउदको रहेको छ ।

लामा सँग अन्न्य चर्चित गायिकाहरु निशा देशार, मेलिना राई, सुमिना लो, र बानिका प्रधान हरु प्रतिस्पर्धामा रहेका थिए । लामाले हाल सम्मा झन्डै चार सय भन्दा बढी गीत गाइसकेकी छिन ।

अवार्ड पाएपछि खुशी हुँदै लामाले विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबाश रेग्मी लगायत सम्पुर्ण आयोजकप्रति आभार प्रकट गरेकी छिन ।

विन्ध्यवासिनी म्युजिक प्रालि द्वारा बिभिन्न २५ बिधामा अवार्ड वितरण गरिएको थियो।

Skip This